आफ्ना काण्ड र बिचौलिया जोगाउन अह्रौटो आईजीपी नियुक्त गरियो: केपी ओली

आफ्ना काण्ड र बिचौलिया जोगाउन अह्रौटो आईजीपी नियुक्त गरियो: केपी ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बहालवाला प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीलाई हटाएर डा. मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरेको निर्णयमाथि तिखो व्यङ्ग्य गर्नुभएको छ।

पार्टी कार्यालयमा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले आफुले अह्राएको काम गर्छन् भनेर नयाँ नियुक्ति गरेको भन्दै बालेन सरकारको नियत र स्वेच्छाचारी शैलीमाथि कडा प्रहार गर्नुभएको छ।

सांसद खगेन्द्र सुनार जोडिएको पोसाक खरिद प्रकरण, सञ्चार गृहमा प्रहरी दमन र इनाम सापकोटा बिचौलिया अडियो काण्ड ढाकछोप गर्न नसकेपछि स्वाभिमानी आईजीपीलाई डम्पिङ साइटमा पन्छाएर राजनीतिक ‘यस(म्यान’ भित्र्याइएको भन्दै विपक्षी दलहरू आक्रोशित बनेका छन्।
०५३ सालको पञ्चायती शैली दोहोर्‍याउँदै प्रहरी सङ्गठनको व्यावसायिकता ध्वस्त पार्ने र सुरक्षा निकायलाई आफ्नै कठपुतली बनाउने सरकारको यो कदमले सुशासनको मुकुन्डो उतारेको छ।