सनकका भरमा देश नचलाइयोस्: रवि लामिछाने

सनकका भरमा देश नचलाइयोस्: रवि लामिछाने

जहाँ विधि र थिति मिचिन्छ, त्यहाँ न पपुलिज्म टिक्छ न त सरकार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाह र उनको नेतृत्वको सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै “सरकार चलाउँदा अपरिपक्वता नहोस् र सनकका भरमा निर्णय नलियोस्” भन्दै कडा सुझाव दिएका छन्।

मन्त्रिपरिषद्का मुख्य साझेदारहरूलाई समेत थाहा नदिई रातारात आईजीपी दानबहादुर कार्कीलाई हटाउने, सञ्चार गृहमा बर्दीधारी छिराएर दमन गर्ने र इनाम सापकोटा बिचौलिया काण्ड ढाकछोप गर्ने जस्ता अपरिपक्व कदमले सरकारको विश्वसनीयता गुम्दै गएको भन्दै लामिछानेले चिन्ता व्यक्त गरेका हुन्।

संवैधानिक मर्यादा र विधिको शासनलाई मिचेर लहडका भरमा निर्णय लिने, ३ सातासम्म मन्त्रिपरिषद् बस्न नसक्ने administrative paralysis सिर्जना गर्ने र आफ्ना कमजोरी लुकाउन मिडिया तथा विपक्षीमाथि आक्रमण गर्ने बालेन सरकारको रवैया आफ्नै गठबन्धनभित्र समेत आलोचित बनेको छ।