सनक र पपुलिज्मका भरमा राज्य चलाउनु भएनः डा. बाबुराम भट्टराई

सनक र पपुलिज्मका भरमा राज्य चलाउनु भएनः डा. बाबुराम भट्टराई


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारका पछिल्ला स्वेच्छाचारी र अपरिपक्व कदमहरूप्रति कडा आपत्ति जनाउँदै मुलुक ‘यदुवंशी’ (आपसी अहङ्कार र लडाइँले आफैँ सखाप हुने) बाटोमा जान सक्ने गम्भीर चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमा लेख्दै भट्टराईले “दशचोटी नाप्नू, एकचोटी काट्नू भन्ने लोकोक्ति सत्तापक्ष र प्रतिपक्ष दुवैले स्मरण गर्नुपर्छ” भन्दै विधिको शासन भत्काएर सनकका भरमा देश चलाउने शैलीप्रति कडा प्रहार गरेका छन्।

आईजीपी हटाउने खेल, सञ्चार गृहमा बर्दीधारी छिराएर दमन गर्ने रवैया, बिचौलिया जोगाउने प्रपञ्च र ३ सातासम्म मन्त्रिपरिषद् बस्न नसक्ने administrative paralysis ले राज्यका संयन्त्रहरूलाई नै आपसमा भिडाउने काम गरेको छ। सस्तो पपुलिज्म र प्रतिशोधको राजनीतिले अन्ततः लोकतान्त्रिक व्यवस्था र राज्यसत्तालाई नै यदुवंशी शैलीमा ध्वस्त पार्ने खतरा बढेको भन्दै राजनीतिक वृत्तमा चिन्ता चुलिएको छ।