एनपिएलः विराटनगरद्वारा काठमाण्डुसामु ८४ रनको लक्ष्य

एनपिएलः विराटनगरद्वारा काठमाण्डुसामु ८४ रनको लक्ष्य


काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किङ्ग्सले काठमाण्डु गोर्खाजसामु ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १८.३ ओभरमा ८३ रनमै सवै विकेट गुमायो । विराटनगरका लागि रुपेश सिंहले २६, एन्जेलो म्याथ्युजले २२ र बसिर अहमदले १० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङतर्फ काठमाण्डुका लागि सन्तोष यादवले ३, सहान अराच्चिगे र जहानदाद खानले २–२ तथा साहब आलम, कप्तान करण केसी र देव साहले एक एक विकेट लिए । अहिले काठमाण्डु गोर्खाजले जवाफी ब्याटिङ गरिरहेको छ । उसले तीन ओभरमा एक विकेट गुमाएर १८ रन बनाएको छ ।

जारी संस्करणमा विराटनगरले चार खेल खेलिसकेको छ । उसले २ खेलमा जित र २ खेलमा पराजय व्यहोरेको छ । विराटनगर ताजा स्थितिमा चार अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । तालिकाको सातौँ स्थानमा रहेको काठमाण्डु गोर्खाजले दुई खेल खेल्दा एकमा जित र एकमा हारको सामना गरेको छ ।

यसअघि आजै भएको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको थियो ।