काठमाडौं । सिंहदरबारभित्र यतिबेला एउटा ठुलो कूटनीतिक मिसनको तयारी द्रुत गतिमा भइरहेको छ । प्रधानमन्त्री बालेन्द्र शाह आगामी मङ्सिर ६ गते भारत भ्रमणमा निस्किने प्रस्तावसँगै भित्री रूपमा एजेन्डाहरू तय गरिँदैछन् । आखिर के हुँदैछ यो भ्रमणको भित्री तयारी ?
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज अर्यालले शुक्रबार ब्रिफिङ गर्दै भारत भ्रमणको तयारी तीव्र पारिएको खुलासा गरेका छन् । भ्रमणमा कुन–कुन विषयवस्तु र एजेन्डा उठाउने भन्ने विषयमा यतिबेला परराष्ट्र मन्त्रालय र सरोकारवाला निकायहरूबिच सघन र गोप्य छलफल चलिरहेको छ ।
यसअघि भारतीय विदेश सचिव विक्रम मिस्रीसँगको शिष्टाचार भेटमा प्रधानमन्त्री शाहले रसुवा र भोटेकोशी बाढीको उद्धारमा भारतले ‘फस्ट रेस्पोन्डर’ बनेर गरेको सहयोगप्रति आभार प्रकट गरिसकेका छन् । तर मङ्सिरको यो दिल्ली यात्रा केवल धन्यवाद दिनका लागि मात्र हो त ? वा यसको पछाडि नेपालको तर्फबाट नयाँ रणनीतिक एजेन्डाहरू अघि सारिँदैछ ? मिति निश्चित हुन बाँकी रहे पनि यो भ्रमणले कूटनीतिक वृत्तमा ठुलो तरङ्ग ल्याउने निश्चित छ ।

प्रतिक्रिया