काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले आपराधिक क्रियाकलाप गरेको भए उनीमाथि कारबाही हुने बताएका छन्।
बिहीबार चितवन पुगेका लामिछानेलाई पत्रकारहरूले बेनमाथि छानबिन हुन्छ कि हुँदैन भनेर सोधेको प्रश्नमा उनले सरकारी निकायहरू स्वतन्त्र रहेको र कानुन अनुसार काम गर्न कसैले नरोक्ने जवाफ दिए।
प्रहरी हिरासतमा रहेका बिचौलिया इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि सल्लाहकार बेनले दुई दिन आफ्नै घरमा राखेको घटना सार्वजनिक भएपछि सञ्चारकर्मीहरूले सत्तारुढ दलका सभापतिलाई यस्तो प्रश्न गरेका हुन्।

प्रतिक्रिया