काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १८ अर्ब ३९ करोड रुपैयाँ जम्मा भएको छ। देश तथा विदेशबाट विपद् प्रभावितहरूको सहयोगार्थ जम्मा भएको यो ठूलो रकम अब कहाँ र कसरी खर्च हुन्छ भन्ने आम चासो बढेको छ।
सरकारले यसअघि नै कोषबाट करिब १ अर्ब रुपैयाँ स्थानीय पालिकाहरूलाई तत्काल राहत र विपद् व्यवस्थापनका लागि पठाइसकेको छ।
अब बाँकी रकम विपद्ले पुर्याएको क्षतिको पुनर्निर्माण, सडक, पुल, विद्यालय तथा अन्य भौतिक पूर्वाधार निर्माण र प्रभावित परिवारको दीर्घकालीन व्यवस्थापनमा खर्च गरिने सरकारको तयारी छ।
यसैबीच, रकमको सदुपयोग र पारदर्शी वितरणमा ध्यान दिन सरोकारवालाहरूले सरकारलाई सुझाव दिएका छन्।

प्रतिक्रिया