महिलाको चरित्र हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ

महिलाको चरित्र हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ


काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले दुई जनालाई पक्राउ गरेको छ।

प्रेम सम्बन्धमा रहँदा खिचिएका गोप्य तस्बिर तथा भिडियो ‘टेलिग्राम’ मार्फत सार्वजनिक गरेको आरोपमा इलामका २९ वर्षीय विकल्प राई पक्राउ परेका हुन्। यसैगरी, सामाजिक सञ्जाल ‘एक्स’ मार्फत अश्लील सामग्री सार्वजनिक गरिदिने धम्की दिएको आरोपमा सिन्धुपाल्चोकका ३० वर्षीय सुजन पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरू दुवै जनालाई कात्तिक १९ गते काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

साइबर ब्युरोका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।