काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेललाई मात्र नभई समग्र काठमाडौंलाई नै २४ सै घण्टा खुला राख्ने विषयमा अध्ययन सुरु गरेको छ।
ठमेल पर्यटन विकास परिषद्ले आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले काठमाडौंलाई २४ सै घण्टा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिनुभयो।
उहाँले ठमेललगायतका क्षेत्रलाई सुरक्षित पर्यटकीय केन्द्र बनाउन र गैरकानुनी गतिविधि नियन्त्रण गर्न घरधनी तथा व्यवसायीको सहयोग आवश्यक रहेकोमा जोड दिनुभएको छ।
यस्तै, कार्यक्रममा महानगरपालिका र प्रहरीका अधिकारीहरूले सार्वजनिक शौचालय, अव्यवस्थित पार्किङ र फोहोरको समस्या समाधान गर्दै स्थानीय तयार भए ठमेललाई सवारीसाधन निषेधित क्षेत्र बनाउन सकिने बताएका छन्।

प्रतिक्रिया