अमेरिकालाई इरानविरुद्ध गोप्य सूचना दिए पाउने छ २ करोड डलर

अमेरिकालाई इरानविरुद्ध गोप्य सूचना दिए पाउने छ २ करोड डलर


काठमाडौं । अमेरिकाले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित गोप्य सूचना दिनेलाई २ करोड अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार अमेरिकी विदेश मन्त्रालयको ‘न्यायका लागि पुरस्कार’ कार्यक्रमअन्तर्गत इरानको आणविक केन्द्र, उपकरण र त्यसमा संलग्न वैज्ञानिकहरूबारे जानकारी दिने व्यक्तिलाई यो रकम उपलब्ध गराइनेछ।

सूचना दिने व्यक्तिको पहिचान गोप्य राख्दै आवश्यक परे सुरक्षित स्थानमा पुनर्वासको व्यवस्था समेत गरिने अमेरिकाले जनाएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध अन्त्य गर्दै अमेरिकासँग सम्झौता गर्न इच्छुक रहेको दाबी गर्नुभएको छ। उहाँले अमेरिकी कारबाहीले इरानको आणविक कार्यक्रम ध्वस्त पारेको र यदि त्यसो नगरिएको भए इजरायलको अस्तित्व नै संकटमा पर्ने जिकिर समेत गर्नुभएको छ।