सुत्केरी अवस्थामा श्रीमान्‌को साथ अपरिहार्यः डा. वसन्त शर्मा

सुत्केरी अवस्थामा श्रीमान्‌को साथ अपरिहार्यः डा. वसन्त शर्मा


काठमाडौं । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. वसन्त शर्माले गर्भावस्था र सुत्केरी अवस्था महिलाको जीवनको अत्यन्त संवेदनशील समय भएकाले यस बेला परिवार र विशेषगरी श्रीमान्‌को साथ अपरिहार्य हुने बताएका छन्।

हर्मोनल परिवर्तन, शारीरिक असहजता र एक्लोपनका कारण गर्भवती तथा सुत्केरीमा गम्भीर मानसिक समस्या देखिन सक्ने भन्दै उनले विशेषगरी श्रीमान् वैदेशिक रोजगारीमा रहेका महिलाहरू बढी जोखिममा पर्ने औँल्याएका छन्।

डा. शर्माले सुत्केरीपछिको पहिलो ६ हप्ता झनै संवेदनशील हुने भएकाले पुरानो मान्यताका आधारमा खानपिनमा अनावश्यक रोकतोक गर्नुको सट्टा महिलालाई पर्याप्त आराम, पोषण र मानसिक ढाडस दिन सुझाव दिएका छन्।