फैसलाको अर्थ बुझ्न शुल्क तिर्नुपर्ने बाध्यता हट्नुपर्छ : प्रस्तावित न्यायाधीश पाण्डे

फैसलाको अर्थ बुझ्न शुल्क तिर्नुपर्ने बाध्यता हट्नुपर्छ : प्रस्तावित न्यायाधीश पाण्डे


काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश जनक पाण्डेले अदालतका फैसलाहरू सर्वसाधारणले सहजै बुझ्न सक्ने सरल भाषामा हुनुपर्ने बताएका छन्।

शनिबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले फैसला बुझ्नकै लागि कानुन व्यवसायीलाई थप शुल्क तिरेर गुहार्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्नेमा जोड दिएका हुन्।

न्याय सम्पादनमा स्पष्टता, तर्कसंगतता र कानुनी शुद्धतालाई प्राथमिकता दिनुपर्ने बताउँदै पाण्डेले न्याय दिएर मात्र नपुग्ने, न्याय दिएको स्पष्ट देखिने गरी निष्पक्ष सुनुवाइ सुनिश्चित गर्नुपर्ने धारणा राखेका छन्।