लुम्बिनीको विजय यात्रामा काठमाडौंले लगायो ब्रेक

लुम्बिनीको विजय यात्रामा काठमाडौंले लगायो ब्रेक


काठामडौं । जारी एनपीएलमा लगातार जितिरहेको साविक विजेता लुम्बिनी लायन्सको विजयी यात्रा रोकिएको छ । लुम्बिनी आफ्नो पाँचौँ खेलमा आएर काठमाण्डु गोर्खाजसँग पराजित भएको हो । १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १२४ रनमा सीमित भयो र ३६ रनले पराजित भयो ।

लुम्बिनीलाई रोक्न काठमाडौंका लागि ब्याटिङबाट डेविड वार्नरले अर्धशतक बनाए भने बलिङमा जहानदाद खानले ४ विकेट लिए ।

१६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी पावर प्लेमै ध्वस्त भएको थियो । त्यसपछि सम्हालिनै सकेन । पावर प्लेमा लुम्बिनीले २८ रन बनाउँदा ६ विकेट गुमाएको थियो । त्यसपछि सन्दीप जोराले अभिषेश गौतम र रुबेन ट्रम्पलमेनसँग साझेदारी गरेपछि लुम्बिनीले एक सय रन कटायो ।

काठमाण्डुका लागि जहानदाद खानले ४ र करण केसीले २ विकेट लिएका छन् । यसअघि पहिला ब्याटिङ गरेको काठमाण्डुले ८ विकेट गुमाएर १६० रन बनाएको थियो । जसमा डेविड वार्नरले अर्धशतक बनाएका थिए ।

यो जितपछि काठमाण्डु ६ अंकका साथ अंकतालिको दोस्रो स्थानमा उक्लिएको छ । ४ खेलमा काठमाडौंले पछिल्ला तीन खेलमा लगातार जित हात पारेको छ । उता पराजित भए पनि लुम्बिनी ५ खेलमा ७ अंकका साथ शीर्ष स्थानमा छ ।

६ अंक नै रहेको सुदूरपश्चिम रोयल्स तेस्रो स्थानमा खस्किएको छ । यस्तै ५ अंकका साथ चितवन चौथो, ४ अंकका साथ जनकपुर बोल्ट् पाँचौँ, ४ अंकका साथ कर्णाली याक्स छैटौँ, ४ अंकका साथ विराटनगर किंग्स सातौँ र अंकविहीन पोखरा एभेन्जर्स ८ औँ स्थानमा छन् ।