२४० अर्ब सहयोग ऋण हो वा अनुदान स्पष्ट पारिनुपर्योः एमाले

२४० अर्ब सहयोग ऋण हो वा अनुदान स्पष्ट पारिनुपर्योः एमाले


काठमाडौं । नेकपा एमालेका सचिव डा. राजन भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण विगतकै निरन्तरतामा सीमित भएको र यसमा अपेक्षित ‘डिपार्चर’ नदेखिएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री शाहको दुई दिने भारत भ्रमणका क्रममा भएका द्विपक्षीय सम्झौतामाथि प्रतिक्रिया दिँदै सचिव भट्टराईले भारतले घोषणा गरेको २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको सहयोग सकारात्मक भए पनि त्यो ऋण हो वा अनुदान भन्ने स्पष्ट नभएको बताइ ।

विगतमा पनि यस्ता घोषणाहरू कार्यान्वयनमा नआएको स्मरण गर्दै उहाँले यसपटकको सहयोग पूर्ण रूपमा उपयोग हुनुपर्नेमा जोड दिए ।

पत्रकारसँगको कुराकानीमा नेता भट्टराईले झन्डै दुई तिहाइको म्यान्डेट लिएर गएका प्रधानमन्त्रीले हवाई मार्ग, जलस्रोत, विद्युत् व्यापार, सीमा विवाद र तराईको डुबानजस्ता लामो समयदेखि थाँती रहेका मुख्य मुद्दालाई प्राथमिकतामा नराखेको उल्लेख गरेका छन् ।

क्रिकेट सहकार्य र शाखा विस्तारजस्ता नयाँ विषय युवामैत्री र सकारात्मक रहे पनि समग्रमा विगतकै आयोजनाहरूको शिलान्यास र उद्घाटनमै भ्रमण सीमित भएको उनको भनाइ छ।
मेयर हुँदा उठाएका सीमा लगायतका विषयमा प्रधानमन्त्री शाह अहिले पुग्न नसकेको र उनको भनाइ तथा गराइबीच तालमेल नमिलेको भट्टराईले आरोप लगाए ।