देउवा पक्षको लुम्बिनी प्रदेश सभापतिमा रोज राणा निर्विरोध

देउवा पक्षको लुम्बिनी प्रदेश सभापतिमा रोज राणा निर्विरोध


काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले जिल्ला र प्रदेश तहका कार्यसमितिमा पदाधिकारी तथा सदस्य संख्या वृद्धि गरेको छ।

समाचार अनुसार १५औँ महाधिवेशन तयारी समितिको विधान मस्यौदाका आधारमा बाधा अड्काउ फुकाउमार्फत प्रदेश कार्यसमितिमा चार उपसभापति, चार महामन्त्री र ४० वर्षमुनिका युवासहित पाँच सहमहामन्त्री रहने व्यवस्था गरिएको हो।

यस्तै १८ देखि २८ वर्ष उमेर समूहका युवा, विषय विज्ञ, सहिद परिवार र अल्पसंख्यकको प्रतिनिधित्वसमेत सुनिश्चित गरिएको छ। प्रदेशको भौगोलिक र सांगठनिक अवस्थाअनुसार कोशीमा १२३, मधेसमा १०२, बागमतीमा १२४, गण्डकीमा १००, लुम्बिनीमा ११२ तथा कर्णाली र सुदूरपश्चिममा ८९ सदस्यीय कार्यसमिति रहनेछ। मंसिर २१ देखि काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनमा समेत केन्द्रीय पदाधिकारीको संख्या थप्ने विषयमा छलफल हुने बताइएको छ।