काठमाडौं । टुँडिखेलमा ठाउँ नपाएपछि ९ दल आबद्ध अग्रगामी मोर्चाको आन्दोलन घोषणा कार्यक्रम पछि सरेको छ।
मङ्सिर १० गते टुँडिखेलबाट आन्दोलन घोषणा गर्ने तयारी गरिए पनि महानगरपालिकाले टुँडिखेल दुई महिनाका लागि बुक भइसकेको जानकारी दिएपछि कार्यक्रम स्थगित भएको जनमत पार्टीका महासचिव सञ्जय यादवले बताउनुभएको छ।
भृकुटीमण्डपमा समेत राजनीतिक कार्यक्रम गर्न नदिएकाले अब माइतीघरबाट आन्दोलन घोषणा गर्ने तयारी गरिएको छ र मिति तय गर्न मङ्सिर १५ गते बैठक बोलाइएको छ।
मधेसी, आदिवासी जनजाति, दलित तथा उत्पीडित समुदायको समान अधिकारका लागि आन्दोलन गर्न लागेको मोर्चाले जनकपुर र विराटनगरपछि आज धरानमा सभा आयोजना गरेको छ।

प्रतिक्रिया