आयोजना रोकिए आन्दोलन हुन्छ : सांसद मनिष झा

आयोजना रोकिए आन्दोलन हुन्छ : सांसद मनिष झा


काठमाडौं । सांसद मनिष झाले राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना रोकिए मधेश आन्दोलित हुने चेतावनी दिनुभएको छ।

मधेशको कृषि, सिँचाइ र समग्र आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको यस आयोजनाको काममा कुनै पनि बहानामा ढिलासुस्ती वा अवरोध स्वीकार्य नहुने उहाँको भनाइ छ।
आयोजना निर्माण कार्य प्रभावित भएमा मधेशका किसान र आम नागरिक सडकमा उत्रिन बाध्य हुने उल्लेख गर्दै सांसद झाले तोकिएकै समयमा आयोजना सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।