बङ्गलादेश फर्कन हसिनालाई सकस

बङ्गलादेश फर्कन हसिनालाई सकस


काठमाडौं ।बङ्गलादेशमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहनुभएकी शेख हसिनाका लागि स्वदेश फर्कने बाटो निकै कठिन र चुनौतीपूर्ण देखिएको छ।
भारतमा निर्वासित जीवन बिताइरहनुभएकी हसिनाले आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजना सार्वजनिक गर्नुभए पनि बङ्गलादेशको सरकारले उहाँ फर्किएमा पक्राउ पर्ने चेतावनी दिएको छ।
जनआन्दोलनका क्रममा भएको दमनसम्बन्धी मुद्दामा मृत्युदण्डको सजाय सुनाइएकी हसिनालाई सरकारले सुपुर्दगी सन्धिअन्तर्गत कडा निगरानीमा मात्रै ल्याइने अडान लिएको छ भने उहाँको दलमाथिको प्रतिबन्ध र सम्भावित राजनीतिक तनावले अवस्था थप संवेदनशील बनाएको छ।