नेपालविरुद्ध पाकिस्तान ‘ए’ १६८ रनमा अलआउट, राशिदको पाँच विकेट

नेपालविरुद्ध पाकिस्तान ‘ए’ १६८ रनमा अलआउट, राशिदको पाँच विकेट


दोहा । एसिया कप राइजिङ स्टार्सअन्तर्गत नेपालविरुद्धको खेलमा पाकिस्तान ‘ए’ १६८ रनमा अलआउट भएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ४२ ओभरमा १६८ रनमा समेटिएको हो।

पाकिस्तानका रोहाइल नाजिरले सर्वाधिक ६४ रन बनाए। उनले ८३ बलमा चार चौका र तीन छक्का प्रहार गरे। हसन नवाजले २८, अहमद दानियालले १६ र हैदर अलीले १५ रन बनाए।

पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा नेपालका राशिद खानले पाँच विकेट लिए। उनले आठ ओभरमा ३९ रन खर्चिए। अभिषेक गौतमले दुई तथा सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट लिए।

पाकिस्तानका पाँच ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्। नेपालले अब जितका लागि १६९ रनको लक्ष्य पाएको छ।