काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन पक्षले गरेको एकताको आह्वानलाई निवर्तमान सभापति शेरबहादुर देउवा समूहले अस्वीकार गरेको छ।
देउवा समूहले संस्थापनको प्रस्ताव अस्वीकार गर्दै पार्टीकै नाम र झन्डा प्रयोग गरेर खुलामञ्चमा महाधिवेशन गर्ने अडान लिएको छ। पार्टीभित्रको शक्ति संघर्ष र विवाद उत्कर्षमा पुगेका बेला देउवा समूहको यो अडानले कांग्रेसमा विभाजनको जोखिम अझ बढाएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया