काठमाडौं । सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार पार्ने प्रक्रिया अघि बढाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी प्रवाही, अर्धजलाशययुक्त, जलाशययुक्त तथा पम्प स्टोरेज जलविद्युत्सँगै सौर्य, वायु र अन्य वैकल्पिक ऊर्जाको अनुपात निर्धारण गर्ने गरी नयाँ नीति बनाउन थालेको हो।
हाल नेपालको कुल जडित क्षमता चार हजार २ सय मेगावाट रहेको छ भने १६ हजार ४ सय २५ मेगावाटभन्दा बढी क्षमताका २८१ वटा आयोजना विद्युत् खरिद सम्झौता ९पीपीए० को प्रतीक्षामा छन्।
नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार भएपछि लामो समयदेखि रोकिएको पीपीए प्रक्रिया सुचारु हुने, हिउँदयामको विद्युत् अभाव कम हुने तथा भारत र बङ्गलादेशसँगको विद्युत् व्यापार विस्तारमा समेत सहयोग पुग्ने ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ।

प्रतिक्रिया