मध्यरातमा मुगु सदरमुकाममा आगलागी, ८ घर ध्वस्त

मध्यरातमा मुगु सदरमुकाममा आगलागी, ८ घर ध्वस्त


मुगुको सदरमुकाम गमगढी बजारमा गएराति आगलागी भएको छ ।

गमगढी बजारस्थित कालिका मालिका मन्दिरदेखि उत्तरतिर रहेको बजारमा आगलागी हुँदा आठ  घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी र स्थानीयबासीले आगलागी नियन्त्रणमा लिएको उनले बताए ।

गएराति काठले बनेको एकघरबाट आगो सल्किएको थियो । आगलागीबाट तार्के लामा, सोनाम लामा, जङ ऐडी, सान्तोना खत्री, पञ्च सेजुवाल, पिआर मल्ल, प्रदीप रावल र पुतली शाहीको घर जलेर नष्ट भएका थापाले बताए ।

आगो नियन्त्रणका लागि गमगढी बजारमा वितरण गरेको खानेपानी पाइप लाइनबाट सुरक्षाकर्मीहरुले आगो नियन्त्रण गरेका थिए । २९ कात्तिक २०७८ मा गमगढी बजारको तल्लो बजारमा पनि आगलागी हुँदा १९ घर जलेर नष्ट  भएका थिए  ।