कसले फाल्याे काेसी अस्पतालकाे शाैचालयमा नवजात शिशु ?

कसले फाल्याे काेसी अस्पतालकाे शाैचालयमा नवजात शिशु ?


विराटनगर ।

विराटनगरस्थित कोसी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला परेको छ ।

अस्पतालको शौचालयमा भर्खरै जन्मेको शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

‘भर्खरै जन्मेको शिशु अस्पतालको शौचालयमा भेटिएको छ,’ उनले जानकारी दिँदै भने, ‘कसले फालेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ।’