विनोद चौधरीको सीजी फुडमा भारतीय आयकर विभागको छापा

विनोद चौधरीको सीजी फुडमा भारतीय आयकर विभागको छापा


काठमाडौं ।

उद्योगपति विनोद चौधरीको भारतको जयपुरमा रहेको सीजी फुड इन्डिया प्रालिमा भारतीय आयकर विभागले छापा मारेको छ ।

चौधरीको त्यहाँस्थित सिजी फुड इन्डिया प्रालिमा आयकर विभागका अधिकारीले छापा मारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

विभागले चौधरी ग्रुप (सिजी)को जयपुरमा रहेका तीन कम्पनीमा छापा मारेको हो।

आयकर विभागलाई प्राप्त सूचनाका आधारमा चौधरीको कम्पनीमा छापा मारिएको जनाइएको छ ।