प्राधिकरणले लगायो ३ हेलिकप्टरलाई उडानमा प्रतिबन्ध

प्राधिकरणले लगायो ३ हेलिकप्टरलाई उडानमा प्रतिबन्ध


काठमाडौं ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले फिस्टेल एयरका दुईवटा र श्री एयरको एउटा हेलिकप्टरलाई उडानमा प्रतिबन्ध लगाएको छ ।

हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै प्राधिकरणले दुईवटा वायुसेवा कम्पनीका तीनवटा हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको हो ।

प्राधिकरणका अनुसार भीएफआर उडानको नियम उल्लंघन गरेपछि श्री र फिस्टेल एयरका ‘एएस ३५० बी ३ ई’ प्रकृतिका हेलिकप्टर उडानमा प्रतिबन्ध लगाइएको हो ।

यी दुई कम्पनीले एउटा मात्रै हेलिकप्टर ल्यान्ड गर्न मिल्ने हेलिप्याडमा जबरजस्ती दुईवटा हेलिकप्टर राखेको र एकसय मिटर पनि भिजिबिलिटी नभएको अवस्थामा हेलिकप्टर उडान गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले अर्को निर्णय नहुँदासम्मका लागि उडानमा प्रतिबन्ध लगाएको हो ।