दमकमा ग्याङ फाइट, एक जनाको मृत्यु

दमकमा ग्याङ फाइट, एक जनाको मृत्यु


झापा ।

दमकमा साथी साथीबीच ग्याङ फाइट भएको छ ।

ग्याङ फाइटको क्रममा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

जिल्लाको चुलाचुली गाउँपालिका( ३ निवासी ३८ वर्षीय गोविन्द लिम्बुको मृत्यु जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रहरीका अनुसार शुक्रबार बिहान ४ बजे दमक नगरपालिका– १ कुमाल चोकमा दमक ७ हाट खोला र इलाम चुलाचुलीका युवाहरुबीच ग्याङ फाइट भएको थियो ।

दमक १ स्थित कुमाल चोक नजिकै एक होटेलमा उनीहरू सँगै बसेर रातभर मादक पदार्थ सेवन गरेका थिए । सोही क्रममा विवाद हुँदा झडप भएको थियो ।

दमक- ७ बस्ने २५ वर्षीय सनम राईले लिम्बूलाई छुरा प्रहार गरेका थिए । घाँटी, पाखुरामा छुरा प्रहार गरेपछि सख्त घाइते भएका उनलाई तत्काल उपचारको लागि लाइफलाइन अस्पताल दमक लगेको र अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको डीएसपी रिजालले बताए ।

छुरा प्रहार गर्ने राईसहित दुई जना मोटरसाइकलमा फरार भएको र उनीहरूको खोजी कार्य तीव्र पारिएको उनले बताए ।

यसअघि २०७६ साल साउन ८ गते दमकमा दुई समुहबीच ग्याङ फाइट हुँदा एक जनाको ज्यान गएको थियो । दमक नगरपालिका–१ स्थित दुर्गा मन्दिर पछाडि ग्याङ फाइट हुँदा स्थानीय १८ वर्षीय विक्रम लिम्बुको मृत्यु भएको थियो ।