राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन

राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन


काठमाडौं।

राष्ट्रपति कार्यालयमा कार्यरत सहसचिव शेरजङ्ग कार्कीको ५२ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

राष्ट्रपति कार्यालयमा कानुन महाशाखामा कार्यरत कार्कीलाई स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

कार्की राष्ट्रपति कार्यालयमा कानुन महाशाखामा कार्यरत थिए। सहसचिव कार्कीको निधन भएको अस्पताललाई उद्धृत गर्दै राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। कार्की ओखलढुंगाका हुन्।