काठमाडौं ।
सहकारीको १६ अर्ब भन्दा बढी ठगीको आरोप लागेका गितेन्द्रबाबु राई (जीबी) र कुमार रम्तेलविरुद्ध जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको छ ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको रकम ठगी गरेको आरोपमा जिल्ला अदालत कास्कीले पनि राई र रम्तेल सहित १३ जनालाई पक्राउ पुर्जी जारी यसअघि नै गरिसकेको छ ।
जीबी राई सहित १३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालयल पर्साको प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए ।
वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको रकम ठगी गरेको उजुरीको आधारमा सहकारीका संस्थापक राई सहित १३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
जिल्ला अदालत पर्साले सानो पाइला बचत तथा ऋण सहकारीका संस्थापक गितेन्द्रबाबु राई , वर्तमान अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष नेहा पौडेल, सचिव तस्वीरन मियाँ, कोषाध्यक्ष सृष्टि श्रेष्ठ मानन्धर, देवेन्द्रबाबु राई, थानबहादुर बुढामगर, धिरजकुमार दास, सहकारीकी पूर्वउपाध्यक्ष सुनिता श्रेष्ठ, पूर्वसदस्य अशोक यादव, प्रबन्धक असरफ अलि सिद्धिकी र कर्जा अधिकृत राधेचन्द्र यादव विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
प्रतिक्रिया