टिस्टा नदीको बाढीमा परि २३ जना सैनिक बेपत्ता

टिस्टा नदीको बाढीमा परि २३ जना सैनिक बेपत्ता


काठमाडौं ।

भारतको सिक्किममा भारी वर्षापछि आएको बाढीले जनजीवन प्रभावित भएको छ ।

टिस्टा नदीमा बाढी आउँदा सेनाका २३ जवान बेपत्ता भएका छन् ।

बाढीकै कारण चुङ्थाङ्ग बाँधबाट पानी छोडेपछि तल्लो भेगमा पानीको जलस्तर बढेको बताइएको छ ।

अचानक आएको बाढीले सेनाको एउटा सवारी साधन डुबाउनुका साथै २३ जवान बेपत्ता भएको जनाइएको छ । उनीहरु पानीको बहावसँगै बगेको आशंका गरिएको छ । उनीहरुको खोजी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जलपाइगुडी प्रशासनले टिस्टा नदीमा आएको बाढीलाई मध्यनजर गर्दै तल्लो भेगका तटीय क्षेत्र खाली गर्न आदेश दिएको छ ।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ्ग बाढी प्रभावित क्षेत्रको निरीक्षणमा गएका छन् ।