काठमाडौं ।
सिटिजन्स म्युचुअल फन्ड–२ ले आफ्ना इकाइधनीलाई नगद लाभांश वितरण गर्न सुरु गरेको छ ।
फन्डले इकाइ धनीलाई असोज ८ गतेबाट बैंक खातामा नगद लाभांश पठाउन थालेको हो ।
यता, फन्डको योजना व्यवस्थापक सिटिजन क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइ धनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ ।
यसका लागि इकाइ धनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ । यसैगरी, हालसम्म हितग्राही खाता नखोलेकाले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ ।
खाता अद्यावधिक गरे पछि मात्र लाभांश जम्मा हुने सिटिजन क्यापिटलले जनाएको छ । आर्थिक वर्ष २०७९–८० को नाफाबाट फन्डले कर सहित ८ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
प्रतिक्रिया