आन्दोलन रोकेर दुर्गा प्रसाईं लागे सांस्कृतिक कार्यक्रमतर्फ

आन्दोलन रोकेर दुर्गा प्रसाईं लागे सांस्कृतिक कार्यक्रमतर्फ


काठमाडौं।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको आन्दोलन स्थगित भएको छ ।

आइतबार भक्तपुरको दरबार क्षेत्रमा तय भएको कार्यक्रम नै स्थगित गरिएको छ ।

अभियानको शनिबार बसेको केन्द्रीय समिति बैठकले दरबार क्षेत्रमा गरिने भनिएको कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको अभियानले जनाएको छ ।

35346

त्यसको सट्टामा आइतबार सांस्कृतिक कार्यक्रम हुनेछ । जसअनुसार बिहान ११ बजेदेखि कलंकी चोक, बालाजु बिजी मल र रत्नपार्कमा कार्यक्रम हुनेछ ।

बिहीबार राजधानीको बल्खु क्षेत्रमा प्रदर्शन गरेका थिए ।

दुर्गा प्रसाईंको अराजक अभिव्यक्तिपछि शुक्रबार प्रशासनले तीनकुने क्षेत्रमा प्रदर्शन गर्न रोक लगाएको थियो भने शक्रबार पनि जिल्लाहरुबाट ल्याइएका लघुवित्त पीडितहरुको मात्रै सहभागितामा कार्यक्रम गरिएको थियो ।