नेपालमा सिप्रदीले ल्याएकाे ‘इभी इभोलुसन’

नेपालमा सिप्रदीले ल्याएकाे ‘इभी इभोलुसन’


काठमाडौँ ।

नेपालमा इलेक्ट्रिक भेहिकलको प्रयोग हुन थालेको इतिहास पल्टाउने हो भने राणाकालमा सञ्चालन भएको हेटौँडा–काठमाडौँ रोप–वेसम्म पुगिन्छ । आमयात्रुले प्रयोग गर्ने गरी इभीको प्रयोग भने २०३२ सलमा भएको देखिन्छ ।

त्यसबेला भक्तपुरको सूर्यविनायकदेखि काठमाडौँको त्रिपुरेश्वरसम्म ट्रली बस सञ्चालन भएको थियो । यो नै नेपालको पहिलो विद्युतीय सवारीसाधन हो । त्यसपछि २०५० सालताका ब्याट्रीबाट चल्ने सफा टेम्पो पनि भित्रियो ।

अहिले त नेपालको सडकमा इभी जताततै देख्न सकिन्छ । नेपालमा उत्पादन हुने विद्युत्लाई आन्तरिक खपत गराउन र पेट्र«ोल र डिजेलका लागि बिदेसिने पैसा बचाउन पनि इभीको प्रयोग नेपालको अर्थतन्त्रका लागि फाइदाजनक देखिन्छ ।

तर, यसका लागि सरकार तथा निजी क्षेत्रले आवश्यक पूर्वाधारमा भने जोड दिनुपर्ने हुन्छ । हुन त पछिल्लो समय यसप्रति सरकारले गरेका कामहरू केही सकारात्मक नै छन् ।

नेपालमा मात्र होइन, पछिल्लो समय इभीको प्रयोग विश्वभर बढेको पाइन्छ । विश्व बजारमा बढ्दो इभीको प्रयोगले गर्दा सन् २०२० देखि विश्वभर सेप्टेम्बर ९ लाई इभी दिवसकै रूपमा मनाउन थालिएको छ । यसको बढ्दो लोकप्रियताले गर्दा विश्वका ठुला अटोमोबाइल सेक्टरमा काम गर्ने कम्पनीहरू पनि इभीको उत्पादनमा केन्द्रित भएका छन् ।

त्यसैको उदाहरण हो– टाटा । विश्व बजारमा अटोमोबाइलको सेक्टरमा दबदबा राख्ने टाटा अहिले इभीको उत्पादनलाई बढाइरहेको छ । यसै टाटाले उत्पादन गरेका इभी र पेट्रोल/डिजल भेहिकलको नेपालका लागि आधिकारिक बिक्रेता हो– सिप्रदी ट्रेडिङ प्रा.लि. । नेपालमा इभीको प्रयोगलाई यो उचाइसम्म ल्याउन सिप्रदीकै महत्वपूर्ण भूमिका छ ।

सन् १९८२ मा स्थापना भएको सिप्रदी नेटवर्क नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता हो । सिप्रदी बिक्रेतामा मात्र सीमित छैन । यसले बिक्रीपछिका सेवा र उपभोक्ताको चाहनालाई बढी प्रथमिकतामा राख्दै आएको छ । यसै कारण आज नेपालको अटो क्षेत्रमा सिप्रदीको साख निकै माथि छ ।

समय र प्रविधिको फड्कोसँगै अहिले विश्वको यातायात क्षेत्र विद्युतीय माध्यममा रूपान्तरण हुँदै छ । पछिल्लो समय मानिसहरूको रोजाइमा पनि विद्युतीय सवारी पहिलो स्थानमा पर्ने गरेको देखिन्छ । उपभोक्ताको माग र रोजाइलाई मध्यनजर गर्दै सिप्रदीले पनि विद्युतीय सवारीको आयात र बिक्रीलाई प्राथमिकतामा राखेको छ ।

नेपालमा धेरै अघिदेखि नै विभिन्न कम्पनीले विद्युतीय सवारी आयात गर्दै आएका थिए । तर, सन् २०२१ देखि सिप्रदीले पनि इभी क्षेत्रमा हात हाल्यो । त्यसपछि नेपालमा विद्युतीय सवारी किन्ने र बेच्नेको संख्यामा एकाएक उछाल आएको विभिन्न तथ्यांक र आँकडाले देखाउँछ । नेपालमा छोटो समयमै विद्युतीय सवारीको यति धेरै बजारीकरण हुनुको मुख्य श्रेय सिप्रदीलाई नै जान्छ ।

सिप्रदीले बेच्न हतार गर्ने भन्दा पनि बजार बुझ्ने र खरिदपछि उपभोक्तालाई दिइने सेवाको व्यवस्थापन गर्‍यो । नेपालमा इभीको बजारका लागि आवश्यक पूर्वाधार तयार गर्न सिप्रदीले लामो समय र अनुसन्धान खर्च गरेको देखिन्छ ।

इभीलाई नेपाली बजार र नेपालको सडकमा सफलतापूर्वक सञ्चालन गर्न आवश्यक पूर्वाधारहरू जस्तैः चार्जिङ स्टेसन, वर्कसप, ब्याट्री रिपेयर सेन्टर, ट्रेनिङ सेन्टरको स्थापना गरेपछि मात्र बजारमा इभी लन्च गरेको थियो । यसले गर्दा सिप्रदीले बजारमा आफ्नो राम्रो पकड कायम गर्न सक्यो । नतिजा, आज नेपालको इभी सेक्टरमा सिप्रदी एक्लैले ६० प्रतिशतभन्दा बढीको बजार हिस्सा ओगटेको छ ।

बिक्री गर्नुभन्दा पनि बिक्रीपछिको सेवालाई पहिलो प्राथमिकतामा राखेकै कारण सिप्रदीले बिक्री गर्ने सबै इभीले सफलता पाएको छ । नेक्सन इभी, टिगोर इभी र टियागो इभी गरी ३ वटा उत्पादन सिप्रदीले बजारमा ल्याएको छ, जुन सबै नेपाली बजारमा लोकप्रिय छन् ।

अहिलेको बजार र उपभोक्ताको चाहनाअनुसार प्राइभेट प्रयोगका लागि इभीको माग ९० प्रतिशत हाराहारी छ । सिप्रदीले पनि उपभोक्ताकै मागका आधारमा इभीको आयातलाई बढाउँदै लगेको छ । सिप्रदीको कुल आयातमा इभीको हिस्सा ९५ प्रतिशत रहेको २ महिनाअघिको एउटा तथ्यांकले पनि देखाउँछ ।

समग्रमा भन्ने हो भने सिप्रदीले सवारी–साधन बेच्ने मात्र भन्दा पनि उपभोक्तालाई सेवा प्रदान गर्ने विषयलाई आफ्नो मुख्य लक्ष्य बनाएको देखिन्छ । देशभर सिप्रदीले स्थापना गरेको सेवा केन्द्र, सर्भिस सेन्टर र चार्जिङ स्टेसन जस्ता पूर्वाधारलाई हेरेर पनि यस कुरालाई पुष्टि गर्न सकिन्छ ।

नेपालभर २५ वटा बिक्री सञ्जाल

इभीका लागि मात्र सिप्रदीको देशभर अनुभवी र प्रशिक्षित इभी टोलीसहितको २५ वटा बिक्री सञ्जाल रहेको छ । जसमा २३ वटा शोरुम र २ वटा अनुभव केन्द्र (एक्सपिरियन्स सेन्टर) छन् । शोरुमसँगै सिप्रदीले नयाँ अनुभव गराउन २ वटा अनुभव केन्द्रको पनि स्थापना गरेको छ ।

ललितपुरको लबिम मल र चितवनको सिजी मलमा सिप्रदीको अनुभव केन्द्र (एक्सपिरियन्स सेन्टर) छ । जहाँ उपभोक्ताले गाडीको टेस्ट ड्राइभदेखि गाडीका सम्पूर्ण जानकारी एकै ठाउँबाट पाउन सक्छन् ।

२४ वटा सेवा सञ्जाल

सिप्रदीले आफ्ना सबै २३ वटा वर्कसपलाई इभीमैत्री बनाउनुका साथै स्तरवृद्धि गरेको छ । जहाँ विद्युतीय सवारीको सर्भिसिङदेखि जाँच गर्नका लागि सुरक्षा सुनिश्चित गरिएको छ । ती सम्पूर्ण वर्कसपहरू पूर्ण रूपमा आवश्यक उपकरणले सुसज्जित बनाइएको छ भने सफ्ट्वेयर अपग्रेडिङ उपकरण पनि जडान गरिएको छ । काठमाडौँको कपनमा रहेको सबैभन्दा ठुलो इभी वर्कसपबाट सिप्रदीले सेवा सुरु गरिसकेको छ ।

नेपालमा एक मात्र ब्याट्री मर्मत केन्द्र

सिप्रदीसँग काठमाडौँको बागडोलमा नेपालको एकमात्र अत्याधुनिक ब्याट्री मर्मत केन्द्र छ । यो केन्द्र मोड्युल स्तरमा उच्च भोल्टेज ब्याट्री मर्मत गर्न सक्षम छ । यसले सिप्रदीका ग्राहकलाई ब्याट्र«ीमा हुने समस्या समाधान गर्न सहज बनाउनुका साथै लागत र समयको पनि बचत गराएको छ ।

१७० बढी चार्जिङ स्टेसन

ग्राहकहरूका लागि सिप्रदीले देशभर १७० बढी सुपर चार्जिङ स्टेसन र द्रुत चार्जिङ पोर्टहरू स्थापना गरेको छ । देशका ठुला सहरलाई जोड्ने प्रमुख राजमार्गहरूमा १५० किमीको दायरामा पर्ने गरी २२ डिसीको सुपर चार्जिङ स्टेसन पनि सिप्रदीले स्थापना गरेको छ ।

यस्ता चार्जिङ स्टेसनहरू मोबाइल एप्लिकेसन र आरएफआइडी कार्डमार्फत् पनि सञ्चालन गर्न सकिन्छ । त्यस्ता सुपर चार्जरहरूले १ घन्टामै सवारीसाधनलाई शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ ।

त्यस्तै सिप्रदीले ग्राहकहरूका लागि करिब १५० वटा द्रुत चार्जिङ पोर्टको पनि व्यवस्था गरिदिएको छ । त्यस्ता चार्जिङ पोर्टहरू ग्राहकहरूलाई सहज हुने शोरूम, सेवा केन्द्र, मल, होटल, रेस्टुरेन्ट तथा अस्पतालहरूमा राखिएको छ ।

आफ्नै चार्जिङ एप

लामो समयको परीक्षणपछि लन्च गरिएको इजेड (इजी) चार्जिङ एपले गर्दा सिप्रदीले भिœयाउने टाटाका इभी उपभोक्ताहरूलाई झनै सहज बनाएको छ । योे एपले उपभोक्ताहरूलाई आफू नजिक रहेको चार्जिङ स्टेसन खोज्न, चार्जिङ स्लट रिजर्भ गर्न र खोजिएका चार्जिङ स्टेसनसम्मको बाटो पत्ता लगाउन मद्दत पुर्‍याउँछ ।

त्यस्तै, एपबाटै इभीमा चार्ज सुरु गर्न र रोक्न पनि सकिन्छ भने चार्जिङको लाइभ अवस्था एप्लिकेसनबाटै हेर्न मिल्छ । चार्जिङ गरिसकेपछि त्यसको शुल्क इसेवा र फोन–पेबाट भुक्तानी गर्न सकिने र भुक्तानी गरेको रसिद पनि एप्लिकेसनमै प्राप्त गर्न सकिन्छ ।