तमिलनाडुमा भारी वर्षा, १० जनाको मृत्यु

तमिलनाडुमा भारी वर्षा, १० जनाको मृत्यु


तमिलनाडु । 

भारतको तमिलनाडु राज्यमा भारी वर्षापछि आएको बाढीमा परी कम्तिमा १० जनाको मृत्यु भएको छ।

ग्रामीण क्षेत्र र सडकमा पानी जमेका कारण १२ हजार बढी मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको राज्य सरकारका उच्चअधिकारीहरूले बताएका छन्।

तमिलनाडुको ठूलो क्षेत्र डुबेको छ भने त्यहाँ फसेका मानिसहरूलाई बचाउन उद्दार टोलीहरूले ढुंगाको प्रयोग गरिरहेका छन्। यो वर्ष तमिलनाडुमा सामान्यभन्दा २० गुणा बढी वर्षा भएको छ।

यसअघि तमिलनाडु र आन्ध्र प्रदेशमा चक्रवती आँधी आएको थियो। विगत केही दिनदेखि तमिलनाडुमा भइरहेको वर्षा पनि यही आँधीका कारण भएको बताइएको छ।

मौसम विभागले मानिसहरूलाई सुरक्षित रहन आग्रह गरेको छ।