अफ्रिका ।
गिनीको राजधानी कोनाक्रीमा रहेको तेल टर्मिनलमा विस्फोट भएका छ ।
सो बिष्फोट भए पछि सुरु भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ ।
गिनी प्रहरीका अनुसार अहिलेसम्म घाइतेको सङ्ख्या १७८ बाट बढेर २४१ पुगेको छ ।
गिनी सरकारले सो घटना बारे एक विज्ञप्ति जारी गर्दै १०अवशेषहरूको पहिचान हुन बाँकी रहेको जनाएको छ ।
सरकारका अनुसार सो घटनामा परी अझै धेरै व्यक्ति बेपत्ता भएकाले खोजी कार्य जारी राखिएको छ।
प्रतिक्रिया