सामाजिक सुरक्षा कोषले माग्यो ५० जना भन्दा बढी कर्मचारी, कसरी दिने आवेदन ?

सामाजिक सुरक्षा कोषले माग्यो ५० जना भन्दा बढी कर्मचारी, कसरी दिने आवेदन ?


काठमाडौं ।

सामाजिक सुरक्षा कोषले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

लोक सेवा आयोगबाट लिइने आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाका कोषले दरखास्त माग गरेको हो ।

आज एक सूचना प्रकाशित गर्दै कोषले तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले अनलाइन प्रणालीमार्फत दरखास्त दिन सक्ने जनाएको छ ।

आवेदन पुस २६ गतेसम्म दिन सकिने सूचनामा उल्लेख छ । दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।