चीनमा भुकम्पमा परी मर्नेको संख्या ३२५ पुग्यो, झन्डै २ लाख घरबारबिहिन

चीनमा भुकम्पमा परी मर्नेको संख्या ३२५ पुग्यो, झन्डै २ लाख घरबारबिहिन


अन्तर्राष्ट्रिय ।
बेइजिङ उत्तरपश्चिम चीनमा सोमबार गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी ३२५ जनाको मृत्यु भएको छ ।

चीनका स्थानिय अधिकारीहरुका अनुसार गान्सु प्रान्तमा मृत्यु हुनेको सङ्ख्या ११७ पुगेको छ भने छिङहाइ प्रान्तमा मृत्यु हुनेको सङ्ख्या १४८ नाघेको छ ।

शुक्रबार साँझ ८ बजेसम्म गान्सुमा गएको भूकम्पबाट ७ सय ८१ जना घाइते भएको प्रादेशिक भूकम्प उद्धार मुख्यालयले जनाएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार गान्सुका प्रभावित बासिन्दाहरूका लागि जम्मा ३११ अस्थायी स्थानान्तरण साइटहरू स्थापना गरिएको छ र शुक्रबार दिउँसोसम्म १ लाख १२ हजार ३४६ मानिसहरूलाई स्थानान्तरण गरिएको छ ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार हालसम्म ४९९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने २८२ जना अस्पतालमा छन् । जसमध्ये १७ जनाको अवस्था गम्भीर छ भने ६९ जनाको अवस्था गम्भीर छ । छिङहाइ प्रान्तमा गएको भूकम्पका कारण बिहीबारसम्म ३१ जनाको मृत्यु भएको जानकारी दिइएको थियो ।

गान्सु र छिङहाई प्रान्तमा १ लाख ३९ हजारभन्दा बढी मानिसलाई आपतकालीन आश्रयस्थलमा सारिएको छ । सीसीटीभीका अनुसार गान्सुका उद्धारकर्मीहरूले आफ्नो काम प्रभावित जनसङ्ख्याको पुनर्स्थापना र घाइतेहरूको उपचारमा मात्र केन्द्रित रहेको छन्।

डिसेम्बर १८ को भूकम्प २०१४ पछि चीनको सबैभन्दा घातक भूकम्प थियो, जब दक्षिणपश्चिम युनान प्रान्तमा ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।