अब ओखर खेती गर्ने किसानले बीमा गर्न पाउने, यस्तो छ बीमाको रक्षावरण

अब ओखर खेती गर्ने किसानले बीमा गर्न पाउने, यस्तो छ बीमाको रक्षावरण


काठमाडौं ।

नेपाल बीमा प्राधिकरणले फलफूल खेतीको बीमाअन्तर्गत ‘ओखर खेती बीमालेख’ जारी गरेको छ ।

कृषि बीमामा किसान तथा व्यापारीहरुको आकर्षण बढेपछि प्राधिकरणले फलफूलको समेत बीमा हुने गरी उक्त बीमालेख जारी गरेको हो ।

प्राधिकरणले यसअघि फलफूल बीमाअन्तर्गत किवी, केरा, ड्रागन फ्रुट, सुन्तला तथा जुनार जस्ता फलफूलको बीमालेख जारी गरिसकेको छ । किसान तथा व्यवसायीलाई राहत हुनेगरी प्राधिकरणले फलफूलबीमा अन्तर्गत आँप र ओखर बीमालेख एकैपटक जारी गरेको हो ।

कृषि बीमामा किसानहरुको आकर्षण बढेपछि आँप र ओखरको पनि बीमालेख जारी गरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । साथै यस बीमा लेखमार्फत ओखर खेतीगर्ने किसानहरुलाई सहुलियत मिल्ने उनको भनाइ छ । प्राधिकरणको निर्देशन अनुसार बीमा कम्पनीहरुले पुष १६ गतेदेखि नै ओखर बीमा बिक्रीगर्न सक्नेछन् । ओखर खेती बीमामा आफ्नो फसलको विभिन्न कारणबाट क्षति भएमा बीमा कम्पनीले क्षतिपूर्ति प्रदान गर्नेछ ।

ओखर खेती बीमाको रक्षावरण

ओखर खेतीबीमा गर्दा विभिन्न कारणबाट क्षति भएमा बीमा कम्पनीले क्षतिपूर्ति व्यहोर्नेछ ।ओखर खेतीगर्दा अग्निजन्य क्षति, हावाजन्य क्षति, पानीजन्य क्षति, मौसमजन्य क्षति, भूमिजन्य क्षति, चट्याङजन्य क्षति, रोग तथा किराजन्य क्षति,आकस्मिक तथा दुर्घटनाजन्य वा बाह्यकारणहरुबाट हुने क्षतिको क्षतिपूर्ति प्रदान गरिन्छ ।

यसका साथै यस बीमालेखमा बीमित स्वयंको पनि दुर्घटना बीमा सुविधा रहेको छ । बीमाअवधिभित्र बीमितको विभिन्न अवस्था सृजना भई अंगभंग भएमा दुर्घटना बीमाको सुविधा प्राप्त हुनेछ । बीमितको कारणबस केही दुर्घटनाबाट मृत्यु भएमा, स्पााइनल इन्जुरीको कारण पुनः ठीक नहुने गरी मेरुदण्डको हड्डी काम नलाग्ने भएमा, एक वा दुबै हातको नाडीदेखि माथि पुरै हात र दुबै खुट्टाको गोलीगाँठो देखि माथि पुरै खुट्टाकामनलाग्ने भएमावादुबै आँखाको दृष्टि गुमेमा दुर्घटना बीमाबापत बीमा कम्पनीले २ लाख रुपैयाँ बीमितलाई भुक्तानी गर्नुपर्नेछ ।

के छ बीमाङ्क र बीमाशुल्क सम्बन्धी व्यवस्था ?
यस बीमालेख अन्तर्गत ओखर खेतीको बीमालागत र उत्पादनको आधारमागर्न सकिनेछ । बिजु विरुवाको हकमा ओखर खेतीको सात वर्षसम्म लागतको आधारमा मात्र र त्यसपछि उत्पादन (फल) वा लागत (बोट) वा दुबैको आधारमा बीमा गर्न सकिनेछ । कलमी विरुवाको हकमा ओखर खेतीको ३ वर्षसम्म लागतको आधारमामात्र र त्यसपछि उत्पादन (फल) वालागत (बोट) वादुबैको आधारमा बीमा गर्न सकिनेछ । ओखर खेतीको बीमाङ्क निर्धारणका लागि अनुसूची–४ मा भएको तालिकालाई आधार मान्नुपर्नेछ ।