पूर्वी नवलपरासीमा भेटियाे मृत बाघ

पूर्वी नवलपरासीमा भेटियाे मृत बाघ


नवलपरासी ।

पूर्वी नवलपरासीमा मृत बाघ फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मध्यविन्दु नगरपालिका–१० अरुणखोला नजिकै भूपु तमासपुर जाने बाटो नजिकै वनमा भाले बाघ मृत फेला परेको नवलपुर प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।

घटनास्थलमा डिभिजन वन कार्यालय र प्रहरी पुगेर अनुसन्धान गर्दै छन् । बाघ काल गतिले मरेको हुन सक्ने डिभिजन वन कार्यालयका वन अधिकृत अर्जुन सापकोटाले बताए ।

उनले करिब १२र१३ दिन अघि बाघ मरेको हुन सक्ने अनुमान लगाएका छन् । उनका अनुसार बाघ सडिगलिसकेको अवस्थामा छ ।

बाघलाई स्थानीय बासिन्दा, प्रहरी र वन कर्मचारीको रोहबरमा मुचुल्का तयार पारी घटनास्थल वरपर नै गाडेर छाडिने सापकोटाले बताए । स्थानीयले ८/१० दिन अघि नै त्यहाँ बाघ देखे पनि सुतेर बसेको आशंका गरेका थिए ।

मृत भाले बाघ करिब १५ बर्षको हुन सक्ने अनुमान छ ।