बुबाका प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै इलाम-२ मा सुहाङकाे जित

बुबाका प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै इलाम-२ मा सुहाङकाे जित


इलाम ।

इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका सुहाङ नेम्बाङ निर्वाचित भएका छन् ।

शनिबार भएको उपनिर्वाचनको मंगलबार बिहान सकिएको मतगणनाको अन्तिम परिणामअनुसार नेम्बाङले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ५ हजार ८३० मतले पराजित गर्दै नेम्बाङ निर्वाचित भएका हुन् ।

नेम्बाङले २७ हजार ७७२ मत ल्याएर विजयी भए भने कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए । निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाएका छन् ।

अघिल्लो निर्वाचनमा इलाम—२ बाट सुहाङका बुवा सुवासचन्द्र नेम्बाङ विजयी भएका थिए । तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको हो । इलाम—२ मा एमालेले डेढ दशकदेखिको विरासतलाई निरन्तरता दिएको छ ।

उता बझाङ प्रदेशसभा क्षेत्र नं १ मा पनि नेकपा एमालेकै दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । यो उपनिर्वाचनमा एमालेले निर्वाचन भएका दुवै क्षेत्रमा जित निकालेको हो ।