राेकिएन सुनकाे भाउ, बिहीबार पनि ८०० बढ्याे

राेकिएन सुनकाे भाउ, बिहीबार पनि ८०० बढ्याे


काठमाडौँ ।

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। मंगलबारदेखि बढ्न सुरु गरेको सुनको मूल्यले बिहीबार पनि निरन्तरता पायाे ।

बुधबार तोलामा ५०० रुपैयाँ बढेको सुनको मूल्य बिहीबार अघिल्लो दिनको तुलनामा प्रतितोला ८०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १ हजार ४६५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढी हाे ।