घटस्थापनादेखि पूर्णिमासम्म ढुवानी गर्ने सवारी साधन चलाउन नपाइने

घटस्थापनादेखि पूर्णिमासम्म ढुवानी गर्ने सवारी साधन चलाउन नपाइने


सवारीसाधन १७ असोज (घटस्थापना) देखि पूर्णिमासम्म चलाउन नपाइने भएको छ । यो निर्णय नारायणगढ-काठमाडौँ रुटका लागि गरिएको हो ।

सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित र सुरक्षित गर्न यस्तो निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।विभागका अनुसार १७ असोजदेखि १ कात्तिकसम्म यस रुटमा ठूला मालवाहक सवारी साधन चलाउन रोक लगाइएको छ ।खाद्यान्न लगायत अत्यावश्यक सामान बोकेका ढुवानीका सवारी साधनलाई भने चलाउन दिइने छ ।

कानून बमोजिम मालवाहक सवारीको हकमा भन्सार प्रज्ञापन पत्र र निर्यातका सामानको हकमा नियम अनुसार राजस्व तिरेको रसिद हेरी तेस्रो मुलुकका आयात/निर्यातजन्य ढुवानीका साधन भने भन्सार कार्यालय बन्द रहने अवधि बाहेक नारायणगढदेखि काठमाडौँसम्मको सडक खण्डमा आवतजावत रोकिने छैन ।