मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौँ । मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज बेलुका ५ बजे बैठक बोलाएका हुन् ।

प्रशासन सिंहदरवार विशेष स्रोतलाई प्राप्त जानकारी अनुसार आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुँदै छन् । लामो समयदेखि मन्त्रालयगत प्रस्तावहरूमाथि छलफल हुन नपाएकोले आजको बैठक आकस्मिक भन्दा पनि नियमित प्रस्तावहरूमाथि नै बढी केन्द्रित रहने जनाइको छ ।

यसबाहेक थप विशेष निर्णयको हकमा भने ठाडो प्रस्तावबाट निर्णय हुन सक्ने सम्भावना कायमै रहन्छ ।