सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी


काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बोलाएको बैठक केही बेर अघि शुरु भएको हो ।

प्रशासन सिंहदरवार विशेष स्रोतलाई प्राप्त जानकारी अनुसार आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुँदै छन् ।

लामो समयदेखि मन्त्रालयगत प्रस्तावहरूमाथि छलफल हुन नपाएकोले आजको बैठक आकस्मिक भन्दा पनि नियमित प्रस्तावहरूमाथि नै बढी केन्द्रित रहने जनाइको छ ।