सैनिक वार कलेजको शिक्षाधिकृतमा उपरथी पाठक नियुक्त

सैनिक वार कलेजको शिक्षाधिकृतमा उपरथी पाठक नियुक्त


काठमाडौँ । नेपाली सेनाको उपरथी दर्जामा सहायक रथी हरेन्द्र पाठक बढुवा भएसँगै नेपाली सैनिक वार कलेजको शिक्षाधिकृतमा नियुक्त भएका छन् ।

सोमबार प्रधानसेनापति अशोक राज सिग्देलले जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच शिक्षाधिकृतमा नियुक्त भएका पाठकलाई दर्ज्यानी चिह्न प्रदान समेत गरेका छन् । प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका मनि कुमार श्रेष्ठ र विष्णु बहादुर कार्कीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

यसैगरी महासेनानी दर्जामा पदोन्नति भएका डा. निरव कायस्थ, प्रशान्त बज्राचार्य, रित बहादुर रानाभाट, सरोज राना र सुसिल महतले पनि बढुवाको फुली लगाएका छन् ।