बाढीपहिरो पीडितलाई माओवादी केन्द्रले बाँड्यो राहत सामग्री

बाढीपहिरो पीडितलाई माओवादी केन्द्रले बाँड्यो राहत सामग्री


काठमाडौं – नेकपा माओवादी केन्द्रले ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ६ का बाढीपहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले त्रिपाल, झुल लगायतका सामग्री करिब ८० घर परिवारलाई उपलब्ध गराएका हुन् । शर्माले केही सामग्री आफैं वितरण गरेका थिए भने केही सामग्री वडा अध्यक्ष विष्णुमान महर्जनलाई हस्तान्तरण गरेको शर्माको सचिवालयले जनाएको छ ।

वडा अध्यक्ष महर्जनले बाढी पहिरोबाट पीडितलाई अत्यावश्यक राहत सामग्री अपुग भएको भन्दै निरन्तर सहयोगका लागि अनुरोध गरेका थिए ।