काठमाडौ – जम्मु कश्मिरको मुख्यमन्त्री नेसनल कन्फरेन्सका नेता उमर अब्दुल्ला बन्ने भएका छन् । आज आएको चुनावको नतिजापछि नेशनल कन्फेरेन्सर कांग्रेससहितको गठबन्धनले बहुमत ल्याउने निश्चित भएपछि उमर अब्दुल्ला मुख्यमन्त्री बन्ने भएका हुन् ।
नेसनल कन्फरेन्सका प्रमुख फारुक अब्दुल्लाले श्रीनगरमा घोषणा गरेका छन् । जम्मु–कश्मीरमा १० वर्षपछि पहिलोपटक कांग्रेस–एनसी गठबन्धनले विधानसभा चुनाव जित्ने स्पष्ट भएपछि फारुक अब्दुल्लाले यो घोषणा गरेका हुन् । उनले दश वर्षपछि जनताले जनादेश दिएको बताए । फारुक अब्दुल्लाले भनेका छन्-जनताले आफ्नो जनादेश दिएका छन् । उनीहरूले अगस्ट ५ ९धारा ३७० खारेज०० मा भएको निर्णयलाई स्वीकार गर्दैनन् भन्ने प्रमाणित गरेका छन् ।
कांग्रेस–नेसनल कन्फ्रेन्स गठबन्धनले कुल ९० सिटमध्ये ४९ सिटमा जित हासिल गरेको छ भने भाजपाले २९ सिट जितेको छ । त्यस्तै मेहबुबा मुफ्तीको पीपुल्स डेमोक्रेटिक पार्टी ९पीडीपी० ले ३ सिट मात्र जितेको छ । उमर अब्दुल्लाह यसअघि सन् २००९ देखि २०१५ सम्म मुख्यमन्त्री थिए ।
प्रतिक्रिया