सवारी साधनले अनावश्यक रूपमा हर्न बजाएर वृद्धि हुने ध्वनि प्रदूषणलाई निरुत्साहित गरी प्रदूषण कम गर्न कडाइका साथ प्रस्तुत हुँदै आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले जानकारी दिए । जथाभाबी हर्न बजाउँदा पैदलयात्री विशेषगरि बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीहरूको स्वास्थ्यमा धेरै असर गर्ने गुनासोहरूलाई समेत ध्यानमा राखी नियमित निगरानी र कारबाही गरिँदै आएको डिआजी बोहराले बताए ।
पछिल्लो समय ट्राफिक प्रहरी नभएको स्थानमा फेरि सवारी साधनहरूले हर्न बजाउन सुरु गरेका छन् ।
गत आ.व.०८०/८१ मा अनावश्यक रूपमा हर्नको प्रयोग गर्ने १०१२३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ भने यस वर्ष समेत नौ हजार आठ सय तिस सवारी साधनलाई कारबाही गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
सामान्य मानिसको सामान्य सुन्ने क्षमता २६ डेसिबलसम्म हुने र सुन्नका लागि ६० डेसिबलसम्मको ध्वनि स्वीकारयोग्य हुन्छ भने ७० डेसिबलको ध्वनि स्वास्थ्यको लागी हानिकारक हुन्छ ।
दुर्घटना हुने अबस्था भएमा वा सडकको एक भागबाट अर्को भाग नदेखिने घुम्ती मोडहरू भएको स्थानमा अति आवश्यक परेको खण्डमा मात्र हर्नको प्रयोग गर्न हुन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया