राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले बाढीपीडितलाई प्रतिपरिवार रु. १५ हजारका दरले वितरण गरेको भए पनि वास्तविक पीडितले उक्त रकम नपाएको भोक्राहा नरसिंह गाउँपालिका ७ का धीरेन्द्र कामैतले बताए । नदिएको भोक्राहा नरसिंह गाउँपालिका-७ का धीरेन्द्र कामैतले बताए ।
बाढीबाट पीडित नभएकालाई सहयोग गरेको भोक्राहा नरसिंह गाउँपालिका-७ का अर्का पीडित चमरु मण्डलले गुनासो गरे । पहुँचका आधारमा सहायता रकम वितरण गरिएको उनको दाबी छ । यसैबीच, बाढीपीडितले राज्यका कुनै निकायबाट सहयोग नपाएपछि भोक्राहा नरसिंह गाउँपालिका-३ नम्बर वडा कार्यालयमा सोमबार विरोध प्रदर्शन गरेका थिए । साथै उनीहरूले वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय ताराचन मण्डलले बताए ।
वडाध्यक्ष धीरेन्द्रकुमार यादवले आन्दोलनमा उत्रेकालाई लाभग्राहीको नाम शुक्रबारसम्ममा उपलब्ध गराउने र वार्ताको माध्यमबाट समस्या समाधान गर्ने बताए । बाढीबाट भोक्राहा नरसिंह गाउँपालिकामा एक हजार दुई सय ९३ घर प्रभावित भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया