काठमाडौँ । नेशनल कन्फ्रेन्स पार्टी (एनसीपी) का नेता उमर अब्दुल्ला जम्मू कश्मीरको मुख्यमन्त्री बनेका छन् । उनले बुधबार मुख्यमन्त्रीको शपथ लिएका हुन् ।
हालै सम्पन्न विधान सभा निर्वाचनमा एनसीपी-कांग्रेस गठबन्धनले बहुमत पाएको थियो । ९० सदस्यीय विधान सभामा एनसीपीको एक्लैले ४२ सिट जितेको छ भने गठबन्धनको अर्को दल काँग्रेसले ६ सिट जितेको छ । कम्युनिस्ट पार्टी अफ इण्डिया, आम आदमी पार्टीका साथै स्वतन्त्र सांसदहरूको समेत अब्दुल्लालाई समर्थन छ ।
प्रतिक्रिया