काठमाडौ र पोखरामा रास्वपाको प्रदर्शन

काठमाडौ र पोखरामा रास्वपाको प्रदर्शन


काठमाडौं – सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

रास्वपाले आज बिहान ११ बजे पोखरा चिप्लेढुंगा र दिउँसो १ काठमाडौंमा माइतिघर मण्डलमा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ भन्दै विरोध प्रर्दशन गरेका हुन् । विरोध प्रदर्शनमा रास्वपा नेता कार्यकर्ताहरु सहभागी थिए ।

सहकारी ठगीमा शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट लामिछानेलाई प्रहरीले पक्राउ गरेर पोखरा लगिएको थियो । शनिबार बिहान ३ बजे पोखरा लगिएकोमा रातिदेखि नै रास्वपा कार्यकर्ताले विरोध गरेका थिए ।

जिल्ला अदालत कास्कीले उनीसहित १४ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । रविविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले संगठित अपराध र सहकारी ठगीमा मुद्दा चलाउनेछ ।